सुदूरपश्चिमका ६८ सहित थप ४५१ जनामा कोरोना पुष्टि, नेपालमा कुल ६२११ सङ्क्रमित

दार्चुला । सुदूरपश्चिममा आज ६८ जनामा कोरोना पुष्टि भएको छ। धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा एक दिनकाे अवधिमा अहिलेसम्मकै धेरै थप ६८ जनामा कोरोना पुष्टि भएको हो।

स‌ंक्रमितमध्ये तीन जना महिला र ६५ जना पुरुष रहेका छन् । सेती प्रादेशिक अस्पतालका अनुसार बैतडीका २१, डोटीका २०, कैलालीका १३, कञ्चनपुरका ११ र अछामका तीन जनामा कोरोना पुष्टि भएको हो।

यो सँगै सुदूरपश्चिममा संक्रमितको संख्या तीन सय ३२ पुगेको छ। अहिलेसम्म सबैभन्दा बढि कैलालीका ९३ जना, कञ्चनपुरमा ६६, डडेल्धुरामा ३९, डोटीका ३७, बैतडीमा २७, अछामका २२, बाजुराका २१, बझाङमा १४ र दार्चुलामा १२ जनामा कोरोना पुष्टि भएको छ।

पुष्टि भएका दुई जनाको मृत्यु भईसकेको छ भने २१ जना निको भएर घर फर्किसकेका छन्।

अहिलेसम्म धनगढीको प्रयोगशालाबाट तीन सय चार, सुर्खेतको प्रयोगशालाबाट १२, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट ५ र दाङको प्रयोगशालाबाट एक जनामा कोरोना पुष्टि भएको छ।

यसैबिच  नेपालमा थप ४५१  जना सङ्क्रमित भएका छन् । पुरूष ४१६ र महिला ३५ जना सङ्क्रमित भएका हुन् । योसँगै सङ्क्रमितको सङ्ख्या ६ हजार २११ पुगेको छ । उनीहरु मध्ये ४७१ जना महिला र ५७४० जना पुरुष रहेका छन् ।

पछिल्लो चौबिस घण्टामा ६० जना पुरुष र ७ महिला गरी ६७ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको सङ्ख्या एकहजार ४१ पुगेको छ । ती मध्ये १०४ जना महिला र बाँकी ९३७ पुरुष छन्।

नेपालमा कोरोना भाइरसको परीक्षण गर्नको लागि पोखरामा थप एउटा पीसीआर उपकरण जडान गरिएको छ । योसँगै नेपालमा २२ वटा पीसीआर उपकरणले देशका विभिन्न स्थानबाट जम्मा गरिएका स्वाब परीक्षण हुँदै आएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?