मुक्तक

१.
यहाँ आफ्नाहरुले नै सताउन खोज्छन्
हँसाउन भन्दा ज्यादा रुवाउन खोज्छन्
आऊ सँगसँगै यात्रा गरौँ भन्नेहरूले नै,
बाटोमा ढुङ्गा राखी लडाउन खोज्छन्

२.
आखिर हुँदै नहुने कुराको अत्याधिक आश गरेर
हो, बेकार आफ्नो अमूल्य समयको नाश गरेर
म मूर्खहरुलाई यसरी बदल्ने कोसिस गरिरहेछु,
जस्तो कि भ्यागुतालाई दौडिने अभ्यास गरेर

३.
दिएपछि कापी र कलम ढुक्क हुन्छन्
बा झै आमा यसैगरी हरदम ढुक्क हुन्छन्
छोराछोरीको व्यवहार कस्तो छ वास्तै छैन,
भएपछि कक्षामा प्रथम ढुक्क हुन्छन्

४.
हुन त आफ्ना साथी आफन्तहरु नजिकै लाग्छ
र यसरी दुःख दिनु चोट दिनु पनि ठिकै लाग्छ
आखिर फल लागेको रुखमै त हो ढुङ्गा हान्ने,
मान्छेले अरुको प्रगतिमा डाहा गर्नु स्वभाविकै लाग्छ

५.
दिएर लठ्ठी गाई गोरु धपाउन सिकाउनु भो
कुटो, कोदालो पनि चलाउन सिकाउनु भो
डाक्टर, पाइलट बन्नु भनी, आशिष दिएर,
बुबाले मलाई हलो समाउन, सिकाउनु भो

   शब्द :   बिर्ख वाईबा,घ्याङ्लेख गाउँपालिका वडा नम्बर २, सिन्धुली

तपाईका पनि लेख रचना छन भने, news.radiolokdarpan@gmail.com  मा पठाउन सक्नु  हुनेछ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?