दार्चुलामा एक जना सक्रिय संक्रमित, ४५ जनाको स्वाब डडेल्धुरा पठाइयो

दार्चुला । दार्चुलाका नौ वटा स्थानीय तहमध्ये आठ वटा स्थानीय तहमा कोरोना भाइरसका सक्रिय संक्रमित शुन्य रहेका छन् । दार्चुला सदरमुकामस्थित जिल्ला प्रहरी कार्यालयमा एक जना थुनुवा मात्रै सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

महाकाली नगरपालिकाबाट बुधबार कन्ट्रर्याक्ट ट्रेसिङमा परेका ४५ जनाको स्वाब संकलन गरिएको महाकालीका स्वास्थ्य संयोजक मोहन महराले बताउनुभयो ।

आइतबार अस्पताल लैजादै गर्दा सतबाँजमा मृत्यु भएका नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र दार्चुलाका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उहाँको परिवार, नेपाल विद्युत प्राधिकरण दार्चुला वितरण केन्द्रका कर्मचारी र संक्रमित थुनुवाको प्रतथ्य सम्पर्कमा रहेका सुरक्षाकर्मीहरुको पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमुना संकलन गरिएको छ ।

खलंगास्थित खुलामञ्चमा ३६ जना पुरुष र ९ जना महिला गरी ४५ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि डडेल्धुरा अस्पतालको प्रयोगशाला पठाइएको स्वास्थ्य शाखा संयोजक महराले बताउनुभयो ।

दार्चुलाको शैल्यशिखर नगरपालिका र मालिकार्जुन, मार्मा, अपिहिमाल, लेकम, नौगाड, दुहुँ, व्यास गाउँपालिका तत्कालका लागि कोरोनामुक्त रहेको स्वास्थ्य कार्यालयका दार्चुलाले जनाएको छ । दार्चुलाको अपिहिमाल र नौगाड गाउँपालिकामा हालसम्म संक्रमित फेला परेका छैनन् ।

सात वटा स्थानीय तहका २६२ जनामा कोरोना सक्रमण पुष्टि भएकोमा २६१ जना कोरोना जितेर डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालय दार्चुलाका सूचना अधिकारी खगेन्द्र कार्कीले बताउनुभयो ।

गत चत्रै २९ गते देखि हाल सम्म तीन हजार पाँच सय ६६ जनाको पीसीआर परीक्षण गरिएको छ । दार्चुलामा कोरोना संक्रमणका कारण दुई जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?