ओलीपछि माधवकुमार नेपाललाई जन्मदिनमै धक्का !

दार्चुला । आइतबार पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको जन्मदिन ।

तर उहाँका लागि जन्मदिन सुखद् रहन सकेन । सर्वोच्च अदालतले ऋषि कट्टेलद्वारा दायर रिटमाथि फैसला सुनाउँदै केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वमा निर्वाचन आयोगमा दायर गरिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दर्ता खारेज गरेसँगै माधवकुमार नेपाललाई धक्का लागेको हो ।

उहाँ पछिल्लो समय प्रचण्डसँग सहकार्य गर्दै आउनुभएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीसँगको विवादपछि सत्तारुढ दल राजनीतिक रुपमा विभाजित भएको थियो । विभाजित दुई खेमामध्ये एउटा खेमलाई प्रधानमन्त्री ओलीले नै नेतृत्व गर्दै आउनु भएको थियो भने अर्को खेमालाई प्रचण्ड र माधवकुमार नेपालले संयुक्त रुपमा नेतृत्व गर्दै आउनु भएको थियो ।

यस्तो अवस्थामा सर्वोच्च अदालतले तत्कालीन दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई साबिककै अवस्थामा फर्काएपछि माधवकुमार नेपाल, झलनाथ खनाल लगायत प्रचण्ड–माधव पक्षको खेमामा रहेका पूर्वएमाले नेताहरुको राजनीतिक भविष्य संकटमा परेको छ । जन्मदिनकै दिन माधवकुमार नेपाललाई नमिठो धक्का लागेको हो ।

जन्मदिनमै नमिठो धक्का व्यहोर्नेमा प्रधानमन्त्री केपी शर्माओली अर्का नेता हुन् । यसअघि फागुन ११ गते प्रधानमन्त्री ओलीले आफ्नो जन्मदिन मनाइरहँदा सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन बदर गरिदिएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?