एमालेभित्रको विवाद थप पेचिलो बन्दै

दार्चुला । सर्वोच्च अदालतको फैसलाले ब्युँतिएको नेकपा एमालेभित्रको विवाद थप पेचिलो बन्दै गएको छ ।

फैसलाको ५ दिनपछि हिजो बैठक राखेर नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले नवौं महाधिवेशनबाट चुनिएका अध्यक्ष र महासचिवबाहेक अरु पदाधिकारीहरुको पद खारेज गरिदिनुभएको छ । खारेजीसँगै उहाँले केही केन्द्रीय कमिटी विस्तार गर्नुभएको छ ।

माओवादीमा नफर्किएका रामबहादुर थापा बादल, मणि थापा, टोपबहादुर रायमाझीलगायत नेताहरुलाई केन्द्रीय कमिटीको जिम्मेवारी तोक्नुभएको छ ।

माधवकुमार नेपाल र झलनाथ खनाल समूहको अनुपस्थितिमै ओली समूहले सातै प्रदेशमा नयाँ इञ्चार्ज र सह-इञ्चार्ज तोकेको छ । ओली समूहको निर्णयअनुसार प्रदेश १ को इञ्चार्जमा सुवास नेम्वाङ, प्रदेश २ को इञ्चार्जमा सत्यनारायण मण्डल, वाग्मती प्रदेशको इञ्चार्जमा रामबहादुर थापा, गण्डकी प्रदेशको इञ्चार्जमा पृथ्वीसुब्बा गुरुङ, लुम्बिनीको इञ्चार्जमा शङ्कर पोखरेल, कर्णाली प्रदेशको इञ्चार्जमा मणि थापा र सुदूरपश्चिम प्रदेशको इञ्चार्जमा लेखराज भट्टलाई तोकिएको छ ।

यस्तै ओली समूहको केन्द्रीय कमिटी बैठकले आउँदो मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने घोषणासमेत गरेको छ । ओली समूहको यो निर्णयलाई नमान्ने नेपाल र खनाल समूहले निष्कर्ष निकालेको छ । एकलौटी रुपमा ओली समूह अघि बढेको भन्दै यो समूहले चैतको पहिलो हप्ता समानान्तर कमिटी घोषणा गर्ने निर्णयसमेत गरेको छ ।

तत्कालीन एमालेका दुई सय पाँच सदस्यीय केन्द्रीय कमिटीमा पार्टी एकताका क्रममा थपिएका ४२ जना र पूर्वमाओवादी समूहका रामबहादुर थापा बादलसहित २३ थपेर ओली समूहको बैठकले केन्द्रीय कमिटीको संख्या दुई सय ६४ सदस्यीय पुर्याउनुभएको छ ।

माओवादी समूहका कसलाई कुन जिम्मेवारी

माओवादीमा नफर्किएका गृहमन्त्री रामबहादुर थापालगायत माओवादीका नेताहरुले एमालेमा नयाँ जिम्मेवारी पाएका छन् ।

ओली समूहले माओवादी केन्द्रमा नफर्किएका २३ जना नेतालाई केन्द्रीय सदस्य बनाएको छ । ओली समूहको बैठकको निर्णयअनुसार रामबहादुर थापा बादलसहित माओवादी केन्द्रका २३ जना नेतालाई केन्द्रीय सदस्य बनाएको हो । बादललाई वाग्मती प्रदेशको इञ्चार्ज, मणि थापालाई कर्णाली प्रदेशको इञ्चार्ज र लेखराज भट्टलाई सुदूरपश्चिम प्रदेशको इञ्चार्जको जिम्मेवारी दिइएको छ ।

एमालेमा प्रभु साह, टङ्क आङबुहाङ, पासाङ शेर्पा, ज्वाला साह, टेकबहादुर बलामी, कमल चौलागाईँ, मनोज थापा, विषमलाल अधिकारी, लीलाबहादुर थापा, दधिराम न्यौपाने, गिरधरी लाल, दिनेश पन्थी, नवीन रोका, धर्मराज रेग्मी, डम्बर विष्ट, गौरीशंकर थारू, झपट बोहरा, दावा लामा र चन्द्रबहादुर खड्का केन्द्रीय सदस्य बनेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?