भारतको नयाँदिल्लीमा नेपाली महिलाको गोली हानी हत्या

दार्चुला । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार एक नेपाली महिलाको गोली हानी हत्या भएको छ ।

भारतीय प्रहरीले दिएको जानकारी अनुसार उत्तरी दिल्लीको तिमारपुरमा बसोबास गर्दै आएकी ४५ वर्षीया मीना नाम गरेकी महिलालाई मोटरसाइकलमा सवार आक्रमणकारीले गोली हानी हत्या गरेका हुन् । मीना नयाँ दिल्लीमा पानी, न्याक्स र कोल्ड ड्रिंक्सको व्यापार गर्दै आएकी थिइन् ।

प्रहरीका अनुसार बिहान सात बजेतिर मीनामाथि उक्त आक्रमण भएको हो । दिल्लीका वरिष्ठ प्रहरी अधिकारीले आक्रमण गर्ने मनिसहरु मोटरसाइकलमा भागेको र महिलालाई अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत घोषित गरेको बताउनुभयो ।

प्रहरीले विभिन्न टोली बनाएर आक्रमणकारीको खोजी गरिरहेको बताएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?