कोभ्याक्सिनले नेपालमा आकस्मिक प्रयोगका लागि अनुमति पायो

दार्चुला । औषधि व्यवस्था विभागले अर्को एक कम्पनीलाई पनि कोरोना भाइरस विरुद्धको खोपलाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको छ । औषधि व्यवस्था विभागका महानिर्देशक भरत भट्टराईले भारतीय कम्पनी भारत बायोन्टेक इन्टरनेशनल लिमिडेटले उत्पादन गरेको कोभिडबिरुद्धको खोप कोभ्याक्सिन लाई आकस्मिक प्रयोगका लागि अनुमति दिएको जानकारी गराउनुभयो ।

यो सहित नेपालमा कोरोना विरुद्धको खोपको लागि अनुमति पाउने तीनवटा कम्पनी रहेका छन् । यसअघि कोभिसिल्ड र सिनोफार्मले आकस्मिक प्रयोगका लागि अनुमति पाइसकेका छन । महानिर्देशक भट्टराईले अझै नेपालमा प्रयोगका लागि दुईवटा कम्पनीले निवेदन दिएको बताउनुभयो । महानिर्देशक भट्टराईका अनुसार रसियन कम्पनी स्पुतनिक र चाइनिज कम्पनी सिनोभ्याक्सले विभागमा निवेदन दिएका छन् । उक्त निवेदन माथि विभागको प्राविधिक टोलीले अनुसन्धान गरिरहेको छ ।

औषधि सल्लाहकार समितिको सिफारिसको आधारमा शुक्रबार औषधि व्यवस्था विभागले आकस्मिक प्रयोगका लागि भारतीय कम्पनी कोभ्याक्सलाई अनुमति दिएको हो ।

आकस्मिक प्रयोगका लागि कोभ्याक्सिनले अनुमति पाएको भन्दै महानिर्देशक भट्टराईले कम्पनीले सबै प्रक्रिया पुरा गरेपछि औषधि सल्लाहकार समितिको सिफारिस र मन्त्रिपरिषदले विगतमा गरेको निर्णयको आधारमा यो खोपलाई आकस्मिक अनुमति दिएको जानकारी दिनुभयो ।

नेपालमा अहिलेसम्म कोभिसिल्ड खोप प्रयोग भइरहेको छ । कोभिसिल्ड खोप यतिखेर अभाव रहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?