खखडेहरा पर्व मनाइँदै,  सुदूरपश्चिममा सार्वजनिक बिदा

दार्चुला । सुदूरपश्चिम प्रदेशमा आज खखडेहरा पर्व मनाइँदैछ ।

विशेष गरी कैलाली र कञ्चनपुरमा बसोबास गर्ने राना थारू समुदायले खखडेहरा पर्व धुमधामसँग मनाउने गर्छन् ।

राना थारू समुदायले सबैभन्दा ठूलो पर्व होरीको अन्तिम दिनका रुपमा खखडेहरा मनाउँछन् । एक महिनासम्म मनाइने होरी पर्वको समापनका दिन खखडेहरा मनाउने चलन छ ।

सुदूरपश्चिम प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ । राना थारू समुदायको महत्त्वपूर्ण पर्व खखडेहराको अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको सुदूरपश्चिम प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका प्रवक्ता मोहनराज जोशीले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?