जनमोर्चाका सांसद ‘हराएपछि’ गण्डकी प्रदेशसभा बैठक स्थगित

दार्चुला । राष्ट्रिय जनमोर्चाका एक जना सांसद अनुपस्थित भएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वासको प्रस्तावमा मतदान हुन सकेको छैन ।

प्रदेश सभा सचिवालयले बुधवार (आज) चार बजेका लागि मतदानको कार्यसूची राखे पनि जनमोर्चाका सांसद खिमविक्रम शाही अनुपस्थित भएपछि मतदान सुरु हुन सकेको छैन । शाहीलाई बारम्बार फोन गर्ने प्रयास गर्दा फोन पनि नलागेको माओवादी केन्द्रका एक सांसदले बताएका छन् ।

गण्डकीमा एमाले र जनमोर्चाको सरकार रहेको छ, जनमोर्चाले समर्थन फिर्ता लिएपछि २८ सांसदसहित एमालेको सरकार अल्पमतमा परेको छ । ६० सदस्यीय प्रदेश सभामा कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ र राष्ट्रिय जनमोर्चाका तीन जना सांसद छन् ।

चार दल मिलेर ३१ जना पुगेपछि नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?