दुई दिनमा दार्चुलाका ११ जना स्वास्थ्यकर्मीमा कोरोना पुष्टि

दार्चुला । दार्चुलामा विहिबार र शुक्रबार गरिएको परिक्षणमा ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विहिबार गरिएको एन्टीजेन गरिक्षणमा ५ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो, शुक्रबार गरिएको परिक्षणमा थप ६ जना स्वास्थ्यर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।

विहिबार जिल्लाको शैल्यशिखर नगरपालिकाका ३ जना र मार्मा गाउँपालिकाका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

शुक्रबार गरिएको एन्टीजेन परिक्षणमा शैल्यशिखर नगरपालिकाका  ४ जना र लेकम गाउँपालिकाका २ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ ।

विहिबार र शुक्रबार गरि दुई दिनको अवधिमा जिल्लाको मार्मा गाउँपालिका, लेकम गाउँपालिकाका र शैल्यशिखर नगरपालिकाका  ११ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि  भएको छ ।

दार्चुलामा कोरोनाका सक्रिय संक्रमितको संख्या २७ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?