भारतको कोरोना अस्पतालमा आगलागी हुँदा १८ जनाको ज्यान गयो

भारतको एक कोरोना अस्पतालमा आगलागी हुँदा १८ जना कोरोनाका बिरामीको ज्यान गएको छ ।

गुजरातको भरुच अस्पतालमा भएको आगलागीमा १८ जनाको ज्यान गएको र केहीको अवस्था थाहा हुन नसकेको बीबीसीले जनाएको छ ।

५० जना बिरामी रहेको अस्पतालमा राति एक्कासी आगलागी भएको र केहीको उद्धार गरिएको खबरमा उल्लेख छ । भरुचका एसपी राजेन्द्रसिंह चुडासामाका अनुसार केही व्यक्ति हराइरहेका छन् ।

भारतकै महाराष्ट्रमा अघिल्लो हप्ता पनि कोरोना अस्पतालमा भएको आगलागीमा १३ जनाको ज्यान गएको थियो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?