दाङमा कार भित्र तीन जना बालकको शव

दार्चुला । दाङमा तीन जना बालकको शव फेला परेको छ ।

तुलसीपुर उपमहानगरपालिका ६ स्याउली बजारमा रोकिराखेको पार्किङ गरिराखेको भारतीय नम्बर प्लेट जे ०१६६०८८५ नम्बरको कारभित्र तीन वटा बालकको शव फेला परेको हो।

भारतीय नम्बरको निसान कार भित्र तीन बालको शव भेटिएका प्रहरीले जनाएको छ । कार माघ महिना देखि पार्किङमा रखिएको थियो । घट्नाका बिषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी निरीक्षक झलक शर्माले बताउनुभयो ।

शव हेर्दा३÷४ दिन अघिको जस्तो देखिएको उहाँले जानकारी दिनुभयो । थप अनुसन्धान भईरहेको छ । मृतक को हुन् र कसरी उनीहरू पार्किङको गाडीभित्र पुगे भनेर अनुसन्धान नभएसम्म केही भन्न सक्ने अवस्था नरहेको प्रहरीले बताएको छ ।

शनिबार बेलुका एउटा बस पार्किङका लागि कारनजिकै जाँदा कारको बत्ती बल्यो। त्यसपछि गएर हेर्दा शव देखिएको थियो । लामो समयदेखि पार्किङ गरिराखेको कारनजिकै गएर कारभित्र हेर्दा शव देखेपछि उनीहरूले प्रहरीलाई खबर गरेपछि घटना बहिर आएको हो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?