अहिलेको परिवेशमा कोरोना महामारीले गर्दा विश्व नै आक्रान्त भएको अवस्था छ । कुनै ठाउमा भोकमरी त कतै संक्रमित बिरामीहरुले उपचार नपाएर तडपिरहेका छन । तिनै संक्रमितहरुलाई बचाउन भोक, प्यास, आराम र निद्रा नभनिकन आफ्नो ज्यान जोखिममा पारेर लागीपरेका छन स्वास्थ्य क्षेत्रका हिरोहरु (स्वास्थ्यकर्मी) । यसै शिलशिलामा कतिपयले त आफ्नो ज्यान समेत गुमाईरहेका छन । आजका दिनसम्म आइपुग्दा कोरोना संक्रमित बिरामीहरुको सङ्ख्या धेरै बढी सकेको अवस्था छ जसले गर्दा सबै कोरोना संक्रमितहरुलाई विशेष उपचारमा समाहित गर्न अत्यन्तै कठिन भैरहेको छ ।
नेपालको परिप्रेक्षमा हेर्ने हो भने नेपालको जनसंख्याको तुलनामा संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गैराखेको यश बेलामा हामीहरुले आफ्नो तर्फबाट बिशेष सावधानी अपनाउनु आवश्यक छ । यसै क्रममा अस्पताल वा कोरोना भएको क्षेत्रमा काम गर्ने भएर नै कतिपय स्वास्थ्यकर्मीहरुले अपहेलित र घृणित भएर बस्नु परेको छ, समाजबाट कहिस्कृत हुनुपरेको छ । तर यो कुनै पनि अवस्थामा राम्रो होइन ।
हरेक स्वास्थ्यकर्मीले सामुदाय र राष्ट्र सबैको स्वास्थ्य राम्रो होस र कोरोना मुक्त रहुन भन्ने चाहन्छ । बरु कोरोना संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुलाई हौसला र साहस दिनुपर्छ । उनिहरुको मनोबल बढाउने कृयाकलाप हरु गर्नुपर्छ । कोरोनाबाट बच्नका लागि आफ्ना केहि सुझाबहरु पाठकहरुमाझ सेयर गर्न चाहान्छु ।
कोरोना रोकथामका लागि तपसिल अनुसारका रोकथामका उपायहरु अपनाउनुहोस :-
१. आफ्नो हातमा हुनसक्ने भाईरसलाई मार्न आफ्नो हात नियमित रुपमा र राम्रोसङ्ग अल्कोहोल भएको सेनिटाईजर लगाउने अथवा साबुन पानीले मिचिमिचि धुनुहोला ।
२. खोकीरहेको अथवा हाछ्चु गरिरहेको ब्यक्तिबाट आफुसङ्ग कम्तिमा एक मिटर अर्थात तीन फिटको दुरी बनाउनुहोला ।
३. आफ्नो आखा नाक र मुख नछुनुहोला किनकि हातहरुले धेरै ठाउहरु छुने हुनाले भाईरस उठाउन सक्छन, हात पटकपटक साबुनपानीले धुनुहोला ।
४. श्वासप्रश्वासमा स्वच्छता आपनाउनुहोला । यो भन्नाले खोक्दा अथवा हाच्च्युगर्दा आफ्नो मुख र नाकलाई आफ्नो कुहिना वा टिस्युपेपरले छोप्नुहोला ।
५. अस्वस्थ्य महसुस गर्नुभएमा घरमै बस्नुहोला । तपाईलाई ज्वोरो खोकी र सास फेर्न गार्हो भएमा चिकित्सकसङ्ग जाँच गराईहाल्नुहोला र पहिले नै कल गरिहाल्नुहोला । आफ्नो स्थानीय स्वास्थ्य संस्थाले जारी गरेका सुझावहरुको पालना गर्नुहोला । आफु र अरुलाई कोरोना भाइरसको संक्रमणबाट जोगाउन भुमिका खेल्नुहोला ।
सामुदायलाई कसरी कोरोना संक्रमणबाट बचाउन सकिन्छ भनेर सोच्ने समय हो आजै देखि आफू देखि नै व्यवहार परिवर्तन गर्न सुरु गर्नुहोस । सचेत र सतर्क रहनुहोस । उच्च मनोवल र उच्च सावधानी अपनाउन सकियो भने कोरोनाबाट बच्न सकिन्छ । आत्मबल बलियो पार्ने नियमित ब्यायाम गर्ने चिन्ता होएन चिन्तन गर्ने, सन्तुलित खानेकुरा र सकारात्मक सोच र स्वास्थ्यका मापदण्ड पालना गरेमा हामी कोरोनालाई सजिलै जित्न सक्छौ । धन्यबाद ।
(लेखक राम दत्त बिष्ट गोकुलेश्वर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी हुनुहुन्छ ।)





प्रतिक्रिया