दार्चुलामा थप १६ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १४८ पुग्यो

दार्चुला । दार्चुलामा शुक्रवार (आज) थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लामा ५४ जनाको एन्टीजेन परिक्षण गर्दा थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जिल्लाको मार्मा गाउँपालिकामा ४ जनाको एन्टीजेन परिक्षण गर्दा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै पुलघाट सिमा नाकामा २० जनाको नमुना परिक्षण गर्दा ३ जनामा , अपिहिमाल गाउँपालिकामा ९ जनाको परिक्षण गर्दा ५ जनामा, जिल्ला अस्पतालमा ४ जनाको नमुना परिक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै लेकम गाउँपालिकामा ५ जनाको परिक्षण गर्दा २ जनामा र मालिकार्जुन गाउँपालिकामा एक जनाको नमुना परिक्षण गर्दा एक जनामा गरि जिल्ला आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाका सिआइसिटी सहजकर्ता सुरज सुजन बोहराले जानकारी दिनुभयो । यस्तै नौगाडमा ११ जनाको नमुना परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको पनि उहाँले बताउनुभयो ।

जिल्लामा कोरोनाको दास्रो लहर सुरु भए यता १४ जना कोरोना संक्रमण मुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय दार्चुलाको तथ्यांक रहेको छ ।

जिल्लामा कोरोना संक्रमितको संख्या १ सय ४८ पुगेको छ, भने २ जनाको कोरोना संक्रमणको कारण ज्यान गएको छ । एक जना व्यासका पुरुष र एक जना मार्माका पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय दार्चुलाले जनाएको छ । दार्चुला घर भएका थप दुई जनाको धनगढीमा उपचारका क्रममा मृत्यु भएको छ ।

यो पनि पढ्नुहोस : दार्चुलामा वैशाख मसान्तसम्मका लागि पूर्ण रुपमा निषेधाज्ञा

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?