सुदूरपश्चिममा ८ दिनमा कोरोनाबाट ९४ जनाको मृत्यु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा कोभिड १९ को संक्रमणबाट मृत्युदर ह्वात्तै बढेको छ ।

अक्सिजनको चरम अभाव भएपछि कोभिड संक्रमितको ज्यान जाने क्रम बढेको हो । प्रदेशमा ८ दिनको अवधिमा ९४ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय दिपायलले जनाएको छ ।

निर्देशनालयका अनुसार गत शनिबार बाट यो शनिबार सम्म ९४ जनाको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

प्रदेशमा शनिबार १०, आइतबार १२, सोमबार १४, मंगलबार ८, बुधबार ११, बिहीबार १७, शुक्रबार १३ र शनिबार ९ जनाको कोभिड संक्रमणका कारण मृत्यु भएको हो । अधिकांशले अक्सिजन नपाएर ज्यान गुमाउनु परेको छ ।

आफ्नै अक्सिजन प्लान्ट रहेको सेती प्रादेशिक अस्पताल र प्रदेशमा रहेको एउटा मात्र अक्सिजन उद्योगले क्षमताको आधा मात्र अक्सिजन उत्पादन गर्न सकेका छ्न् । स्थानीय प्रशासनको आग्रहपछि नेपालगन्जबाट हुने आयातमा पनि भारी कटौती भएपछि सुदूरपश्चिममा अक्सिजनको हाहाकार भएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?