देशभर कोरोनाबाट १३९ जनाको मृत्यु, ९,२७१ संक्रमित थपिए

दार्चुला । नेपालमा गएको २४ घण्टामा नौ हजार दुई सय ७१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १७ हजार ६ सय २३ जनाको पीसीआर र सात सय ८८ जनाको एन्टिजेन विधिमार्फत परीक्षण गर्दा नौ हजार दुई सय ७१ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा अहिलेसम्म चार लाख तीन हजार सात सय ९४ जनालाई कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ । नेपालमा अहिले ९३ हजार एक सय ४१ जना सक्रिय सङ्क्रमित छन् ।

आज एकै दिन चार हजारभन्दा धेरैले कोरोनालाई जितेका छन् । गएको २४ घण्टामा चार हजार सात सय जना कोरोनामुक्त भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीन लाख ६७ हजार ९४ पुगेको छ । अहिले नेपालमा कोरोना निको हुने दर ७६ प्रतिशत रहेको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण गएको २४ घण्टामा एक सय ३९ जनाको ज्यान गएको छ । एकै दिन ज्यान गुमाउनेको यो सङ्ख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो । केही दिनयता नेपालमा कोरोना सङ्क्रमितको मृत्युदर निकै बढेको छ । हिजो ८८ जनाको ज्यान गएको थियो, आज त्यो सङ्ख्या बढेर एक सय ३९ जनाको ज्यान गएको छ । योसहित अहिलेसम्म तीन हजार आठ सय ५९ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?