मालिकार्जुनमा अत्यावश्यक बाहेकका सेवा बन्द, एम्बुलेन्स नहुदा गाडी खोज्नुपर्ने बाध्यता

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिकाले अत्यावश्यक बाहेकका गाउँपालिकाबाट प्रवाह हुने सेवाहरु बन्द गर्ने निणर्य गरेको छ ।

मंगलबार बसेको मालिकार्जुन गाउँपालिका स्तरिय कोभिड(१९ संकट व्यवस्थापन केन्द्रको बैठकले गाउँपालिकामा कोरोना संक्रमण दर बढेको भन्दै अत्यावश्यक बोहकका सम्पुर्ण कामहरु बन्द गर्ने निर्णय गरेको हो ।

जिल्लामा दिन प्रति दिन कोरोना संक्रमितको संख्या बढीरहेकोले गाउँपालिकामा पनि संक्रमण महामारीको रूपमा फैलिन सक्ने भन्दै नेपाल सरकारले जारी गरेका स्वास्थ्य मापदण्डहरुको पूर्ण पालना गर्दै तत्कालका लागी प्रशासन फाँट, स्वास्थ्य शाखा, आर्थिक प्रशासन फाँट, योजनारप्राविधिक शाखाहरुवाट अत्यावश्यक कामकाज मात्र गर्ने निर्णय गरिएको मालिकार्जन गाउँपालिका उपाध्यक्ष पुष्पा अवस्थीले जानकारी दिनुभयो ।

बैठकले गाँउपालिकासंग सवारी साधन नभएकोले कोभिड(१९ को दोस्रो लहरका बिरामी, स्वास्थ्यकर्मी तथा अन्य आवश्यक सामाग्रीहरु ढुवानी गर्नका लागि गाडी भाडामा लिने पनि निर्णय गरेको छ । साथै गाउँपालिकाले, देशको विभिन्न स्थानमा तथा देश बाहिर कोभिड-१९ का कारणले समस्यामा परेका मालिकार्जुन गाउँपालिकाबासिहरुले गाउँपालिकामा सम्पर्क गर्न पनि अनुरोध गरेको छ ।

यस्तै गाडी भाडामा लाखौ खर्च गरिहेको मालिकार्जन गाउँपालिकाले एउटा एम्बुलेन्स समेत खरिद गर्न नसकेको स्थानीयहरुले गुनासो गरेका छन । गाउँपालिका स्थापना भएका ४ बर्ष भइसक्दा पनि गाउँपालिकाले अहिलेसम्म एम्बुलेन्स खरिद गर्न नसकेर गाडी भाडामा लिएर सेवा सञ्चालन गर्नु लज्जास्पद भएको स्थानीयको भनाई छ ।

गत वर्ष नै एउटा टेलिभिजन अन्तरवार्ताका क्रममा मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिहं धामीले गाउँपालिकामा ७० लाखमा २ वटा एम्बुलेन्स खरिद गरि सञ्चालनको तयारी गरेको बताउनुभएको थियो ।

गाउँपालिकामा एम्बुलेन्स खरिदको लागी कुनै प्रक्रिया नै अगाडी नबढेको अवस्थामा अध्यक्ष धामीले जनप्रतिनिधिका लागि गाडी खरिद गर्न विनियोजन गरिएको बजेटबाट एम्बुलेन्स खरिद गरि सञ्चालनमा ल्याउने तयारी भएको भनिरहदा अहिलेसम्म गाउँपालिकाले एम्बुलेन्स खरिद नगरेको पाइएको छ ।

सस्तो लोकप्रियताका लागि एम्बुलेन्स खरिद भएको प्रतिक्रिया दिएको तर भनाइ अनुसार काम नगर्दा महामारीको समयमा गाडी भाडामा ल्याएर एम्बुलेन्स बनाउनुपरेको भन्दै जनस्तरबाट चर्को आलोचना भइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?