दार्चुला । नेपालमा कोरोनाका भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख नाघेको छ ।
पछिल्लो २४ घण्टामा नौ हजार तीन सय पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या एक लाख एक हजार ६ सय ३४ जना पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
सक्रिय सङ्क्रमितमध्ये संस्थागत आइसोलेशनमा सात हजार दुई सय ९१ जना र होम आइसोलेशनमा मात्रै ९४ हजार तीन सय ९४ जना रहेका मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताउनुभयो ।
यस्तै पछिल्लो २४ घण्टामा नौ हजार तीन सय पाँच जना सङ्क्रमित थपिएका छन् भने थप एक सय ६८ जनाको ज्यान गएको छ ।
यस्तै २४ घण्टामा चार सय ४४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् ।
अहिले निको हुने दर ७४ दशमलव ९ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।





प्रतिक्रिया