सुदूरपश्चिममा बुधबार ८५७ जनामा कोरोना पुष्टि, १४ जनाको मृत्यु

दार्चुला । सुदूरपश्चिम प्रदेशमा बुधबार थप ८ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेशका ७ वटा प्रयोगशालामा १ हजार ५ सय ३३ नमूना पीसीआर तथा ६ सय ४ नमूना ऐन्टिजेन विधिबाट परीक्षण गर्दा ८ सय ५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पीसीआर विधिबाट परीक्षण गर्दा ७ सय ४७ जना संक्रमित भेटिएका छन् भने, ऐन्टिजेन विधिबाट परीक्षण गर्दा १ सय १० जना संक्रमित फेला परेका छन्।

सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल डोटी, बैतडी अस्पताल, बझाङ्ग अस्पताल र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा १ हजार ३ सय ५० जनाको नमूना परिक्षण गर्दा थप ८ सय १८ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा ५ सय ६४ नमूना परीक्षण गर्दा २ सय ७३ जना, महाकाली अस्पतालमा १ सय ९४ नमूना परीक्षण गर्दा १ सय ३३ जना, डडेल्धुरा अस्पतालमा १ सय १० नमूना परीक्षण गर्दा ४६ जना, डोटी अस्पतालमा ६ नमूना परीक्षण गर्दा ३ जना, बैतडी अस्पतालमा ३ सय ७४ नमूना परीक्षण गर्दा १ सय ४६ जना, बझाङ्ग अस्पतालमा १ सय ७९ नमूना परीक्षण गर्दा ७७ जना र अछामको कमलबजार अस्पतालमा ९६ जनाको नमूना परीक्षण गर्दा ६९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

हालसम्म पीसीआर र ऐन्टिजेन विधिबाट सुदूरपश्चिममा १ लाख ८९ हजार २ सय २९ नमूना परीक्षण गर्दा २६ हजार ५ सय ४३ जनामा संक्रमण फेला परेको छ।

प्रदेशभर संक्रमण पुष्टि भएका १५ हजार ३ सय ९४ जनाले कोरोना जितेका छन् भने, २ सय ७० जनाको मृत्यु भएको छ।

सुदूरपश्चिममा पछिल्लो २४ घण्टामा १४ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने, २ सय ६९ जना संक्रमित निको भएका छन्।

बिगत २४ घण्टामा कैलालीका १० जना र कञ्चनपुरका ४ जना संक्रमितको मृत्यु भएको स्वास्थ्य निर्देशनालय डोटीले जनाएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?