चीनले दिएकोे १८ हजार अक्सिजन सिलिण्डर तातोपानी आइपुग्यो

दार्चुला । नेपाललाई चीन सरकारले सहयोग स्वरुप उपलब्ध गराएको १८ हजार थान अक्सिजन सिलिण्डर तातोपानी नाकामा आएको छ । उक्त सिलिण्डर तातोपानी नाकामा आइपुगेको उपप्रधानमन्त्री ईश्वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले बताउनुभयो ।

तातोपानी नाकासम्म आइपुगेको अक्सिजनका सिलिण्डरहरूलाई काठमाडौं ल्याउनको लागि काम भइरहेकाके उहाँले जानकारी दिनुभयो । नेपाल सरकारको अनुरोधमा चीन सरकारले ती सिलिण्डरहरू सहयोग स्वरुप उपलब्ध गराएको हो । चीन सरकारले उपचारमा सहयोग पुगोस भनेर सिलिण्डरहरू नेपाललाई दिएको हो ।

उता तातोपानी भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमले चीनको खासस्थित नाल्यम भन्सारबाट सामान अगाडि बढेको अनौपचारिक जानकारी आएको र त्यो सामान भरे साँझसम्म सीमा क्षेत्रमा आइपुग्ने उहाँले बताउनुभयो ।

साथै निजी क्षेत्रले मगाएको ७५ सय अक्सिजन सिलिण्डर पनि आएको भन्ने अनौपचारिक जानकारी रहेको उहाँले बताउनुभयो । चीनसरकारले उपलब्ध गराएको सिलिण्डर कति परिमाणमा आएको भन्ने जानाकारी पनि नभएको उहाँले बताउनुभयो ।

सीममा आएको समान तुरुन्त अनलाइन मार्फत जानकारी हुने र त्यसलाई छिटो प्रक्रियाबाट काठमाडौ पठाइने बताउनुभयो । सबै कुरा सहज भए भोलिसम्म ती सामाग्री काठमाडौ पुग्छ उहाँले बताउनुभयो ।

नेपालमा अक्सिजन अभावको कारण अस्पतालहरूमा कोरोनाका बिरामीलाई उपचार गर्न समस्या भइरहेको बेला चीनले दिएको अक्सिजनले उपचारमा ठुलो सहयोग मिल्ने छ । यसै गरि सरकारले अक्सिजनको अभाव हुन नदिन देशमै अक्सिजन प्लान्ट देखि देशका विभिन्न ठाउँमा प्रयोग विहिन भएका अक्सिजन सिलिण्डर समेत जम्मा गरिरहेको छ ।

विदेशमा रहेका नेपालीले पनि नेपालमा अक्सिजन ग्यास पठाइरहेका छन् । हिजो मात्रै खाडी मुलुकमा रहेका नेपालीले ५६० अक्सिजन सिलिण्डर नेपाल पठाइ सकेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?