दार्चुला । लमजुङको भुलभुलेमा फेरि भूकम्प गएको छ ।
बुधबार बिहान गएको भूकम्पले पाँचवटा घर भत्किएको छ भने चार जना घाइते भएका छन् ।
गण्डकी प्रदेश प्रहरी प्रमुख घनश्याम अर्यालका अनुसार लमजुङको दोर्दी–९ मा क्षति भएको हो ।
‘हामीकहाँ अहिले प्रारम्भिक सूचनामात्र आएको छ,’ डीआईजी अर्यालले भन्नुभयो, ‘पाँचवटा घर आंशिक क्षति भएको भन्ने खबर छ, चारजना सामान्य घाइते हुनुभएको छ ।’
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार लमजुङको भुलभुले आसपास बुधबार बिहान ५ः४२ बजे ५.८ म्याग्निच्यूडको भूकम्प गएको थियो भने ८ बजेर २६ मिनेट जाँदा ५.३ म्याग्निच्यूडको भूकम्प गएको थियो ।





प्रतिक्रिया