एकै दिन ८,८४८ जना संक्रमणमुक्त, १२९ जनाको मृत्यु

दार्चुला । गएको २४ घण्टामा आठ हजार आठ सय भन्दा धेरैले कोरोना भाइरसलाई जितेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा आठ हजार आठ सय ४८ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । अहिले निको हुने दर ७५ दशमलव ८ प्रतिशत रहेको छ । कोरोना भाइरसको संक्रमण कम नभए पनि निको हुने दर बिस्तारै बढ्न थालेको छ ।

यस्तै गएको २४ घण्टामा आठ हजार ९ सय ८० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । १९ हजार तीन सय ५७ जनाको पीसीआर विधिमार्फत परीक्षण गर्दा आठ हजार ५ सय ९१ जनामा संक्रमण पुष्टि भएको छ भने सात सय ४८ जनाको एन्टिजेनमार्फत परीक्षण गर्दा तीन सय ८९ जनामा संक्रमण पाइएको छ ।

यस्तै गएको २४ घण्टामा कोरोनाका कारण एक सय २९ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?