ओली-देउवा दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न मिलेन : राष्ट्रपति

दार्चुला । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीका लागि एमाले संसदीय दलका नेता केपी शर्मा ओली र प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको दाबी नपुगेको बताउनुभएको छ ।

प्रधानमन्त्रीका लागि दुवैले दाबी पेस गरेकोमा दाबी नपुगेको भन्दै राष्ट्रपति भण्डारीले दुवैलाई प्रधानमन्त्रीमा नियुक्त गर्न नमिल्ने बताउनुभएको हो ।

राष्ट्रपति कार्यालयको विज्ञप्तिमा संविधानको धारा ७६ को उपधारा (५) बमोजिम प्रतिनिधि सभामा विश्वासको मत प्राप्त गर्न सक्ने कुनै आधार नदेखिएकाले दुवैलाई प्रधानमन्त्री पदमा नियुक्ति गर्न नमिल्ने देखिएको बताइएको छ ।

प्रधानमन्त्री ओलीले गएको बिहीवार वर्तमान सरकारलाई विश्वासको मत प्राप्त हुने राजनीतिक आधार नदेखिएको भन्दै सरकार निर्माणका लागि राष्ट्रपतिलाई धारा ७६ को उपधारा (५) को प्रक्रिया अघि बढाउन अनुरोध गर्नुभएको थिए ।

जसका लागि राष्ट्रपति भण्डारीले आज बेलुकी ५ बजेसम्मको समय दिनुभएको थियो ।

यस्तो छ विज्ञप्ति –

 

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?