हट्यो चक्रवातको असर : तराईको मौसम पूर्ण सफा, पहाडी क्षेत्रको आंशिक

दार्चुला । अहिले देशका धेरै ठाउँमा घाम लागेको छ ।

तराईका जिल्लाको मौसम पूर्ण सफा रहेको छ भने पहाडी क्षेत्रको मौसम आंशिकदेखि सामान्य बद्ली रहेको मौसमविद्ले बताएका छन् ।

मौसमविद्का अनुसार अरब सागरमा विकसित भएको चक्रवातका कारण नेपालमा आएको मौसम प्रणाली हटेको छ । योसँगै आकाश खुल्न थालेको छ । अबको तीन दिनसम्म नै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ ।

काठमाण्डौ उपत्यकामा सामान्य बादलसँगै घाम लागेको छ । तर उपत्यकासहित पहाडी क्षेत्रमा दिउँसोपछि भने मेघगर्जनसहित हल्का पानी पर्ने सम्भावना छ ।

मौसमको अन्य प्रणालीको कारण नभइ प्रिमनसुनको समय भएकाले दिउँसोपछि मेघगर्जनसहित हल्का पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?