दार्चुलाका प्रदेशसभा सदस्य धामी उद्योग बन तथा वातावरण मन्त्री नियुक्त

दार्चुला । सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रीमण्डल विस्तार गर्नुभएको छ ।

मन्त्री पद खालि भएका मन्त्रालयमा नयाँ मन्त्री थप्नुका साथै मन्त्रालय हेरफेर गरेर मन्त्रीमण्डल विस्तार गरिएको सुदूरपश्चिम प्रदेश सरकारले जनाएको छ ।

स्रोतका अनुसार उद्योग बन तथा वातावरण मन्त्रीमा दार्चुला जिल्लाबाट निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामी नियुक्त हुनुभएको छ ।

दार्चुला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित प्रदेशसभा सदस्य धामी सुरुमा मुख्यमन्त्रीका लागि समेत दाबेदार रहेपनि त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नुभएको थियो ।

यस्तै प्रदेश सरकारको सामाजिक विकासमन्त्रीमा पूर्णा जोशी, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा लालबहादुर खड्का, भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी नियुक्त हुनुभएको छ ।

त्यस्तै राज्यमन्त्रीहरुमा चुनकुमारी चौधरी, मनाकुमारी साउद, अर्चना गहतराज र मानबहादुर सुनार नियुक्त हुनुभएको छ ।

मन्त्रीमण्डल बिस्तार तथा हेरफेरबारे थप जानकारी प्राप्त हुने क्रममा रहेको छ ।

अहिले नवनियुक्त मन्त्रिहरुको सपथग्रहण भइरहेको विस्वस्त स्रोतले जनाएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?