मन्त्री ठगुन्नाको स्वास्थ्यमा सुधार, सचिवालय टिमले जित्यो कोरोना

दार्चुला । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्नाको स्वास्थ्यमा सुधार हुँदै गएको छ ।

गत वैशाख २६ गते कोरोना संक्रमण पुष्टि भएपछि चिकित्सकहरुको निगरानीमा अस्पतालमा उपचाररत नेकपा एमाले सुदूरपश्चिम सहइन्चार्ज एबं संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री ठगुन्नाको स्वास्थ्यमा क्रमिक सुधार हुँदै गएको उहाँको सचिवालयले जनाएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उहाँको अक्सिजन सपोर्टमा उपचार भइरहेकोमा केहि दिनयता अवस्था सामान्य हुने चरणमा रहेको छ ।

मन्त्री ठगुन्नाको सचिवालयमा कार्यरत नरबहादुर ठगुन्ना, राजेशसिंह बिष्ट, लिला बोगटी लगायतले समेत कोरोना जितिसकेको बताइएको छ । वैशाख १५ गते संक्रमण पुष्टि भएका उनिहरु संक्रमणमुक्त भइसकेका हुन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?