दार्चुला । सुदूरपश्चिमका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले राजीनामा दिनुभएको छ ।
यस्तै पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले पनि राजीनामा दिने एमाले स्रोतले बताएको छ ।
मन्त्री हुने लाइनमा पूर्णा जोशी, अर्चना गहतराज, चुनकुमारी चौधरी, दीर्घ सोडारी, लालबहादुर खड्काको नाम चर्चामा छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गर्नुभएको छ । सरकारमा भएका केही मन्त्रीले राजीनामा दिने र नयाँ नियुक्त गर्ने तयारी छ ।
नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशले समर्थन कायमै राख्ने निर्णय गरेको छ ।
यसलाई लिएर एमालेमा विवाद भइरहेका बेला मुख्यमन्त्री भट्टले मन्त्री हेरफेर गर्न लागेका हुन् ।





प्रतिक्रिया