सुदूरपश्चिम सरकार पुनर्गठन, दार्चुलाका धामी सहित पाँच मन्त्री नियुक्त

दार्चुला । सुदूरपश्चिम सरकार पुनर्गठन भएको छ । प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शुक्रबार सरकार पुनर्गठन गर्नुभएको हो ।

शुक्रबार एक कार्यक्रमकाबीच सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख गंगा प्रसाद यादवले भौतिक पूर्वाधार विकास मन्त्रीमा दीर्घ सोडारी, आर्थिक मामिला तथा योजना मन्त्रीमा प्रकाश शाह, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रीमा मानबहादुर धामी, सामाजिक विकास मन्त्रीमा लालबहादुर खड्का र आन्तरिक मामिला तथा कानून मन्त्रीमा पूर्णा जोशीलाई शपथ ग्रहण गराउनुभएको छ ।

त्यस्तै, सामाजिक विकास राज्य मन्त्रीमा मना साउँद, भौतिक पूर्वाधार विकास राज्यमन्त्रीमा चुनकुमारी चौधरी, भूमि व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्रीमा मानबहादुर सुनार र आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा अर्चना गहतराजलाई प्रदेश प्रमुख यादवले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभएको हो ।

दार्चुला प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर ख बाट निर्वाचित प्रदेशसभा सदस्य धामी सुरुमा मुख्यमन्त्रीका लागि समेत दाबेदार रहेपनि त्रिलोचन भट्ट मुख्यमन्त्री बन्नुभएको थियो ।

नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओली पक्ष मात्र रहेको स्थायी कमिटीले प्रदेश सरकारलाई समर्थन फिर्ता लिन निर्देशन दिएपनि प्रदेशसभा संसदीय दलले समर्थन कायमै राख्ने निर्णय गरेको थियो ।

यसलाई लिएर विवाद भइरहेका बेला सरकारमा भएका तीन मन्त्रीले शुक्रबार दिउँसो राजीनामा दिनुभएको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाशबहादुर शाह, सामाजिक विकासमन्त्री कृष्णराज सुवेदी र पर्यटन, वन तथा वातावरणमन्त्री माया भट्टले राजीनामा दिनुभएको छ ।

सायद पाठ को तस्बिर हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?