दार्चुला । प्रधानमन्त्री केपी शर्मा ओलीले चुनाव हुँदैन र गराइँदै भन्ने दुश्प्रचारको भ्रममा नपर्न आह्वान गर्नुभएको छ ।
१४औं गणतन्त्र दिवसका अवसरमा शनिवार जंगी अड्डामा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले सरकार आगामी आम निर्वाचनलाई निर्धारित समयमा नै स्वच्छ,निष्पक्ष र स्वतन्त्र रुपमा सम्पन्न गर्न प्रतिबद्ध रहेको बताउनुभयो ।
प्रधानमन्त्रीले भन्नुभयो, ‘यतिबेला चुनाव हुँदैन र गराइँदैन भन्ने भ्रमपूर्ण प्रचार तथा चुनाव स्वतन्त्र र निश्पक्ष हुँदैन भन्ने कुप्रचार दुवै अत्यन्त निराधार छन् । यस्ता दुश्प्रचारको भ्रममा नपर्न म सबैमा आह्वान गर्दछु ।’
प्रधानमन्त्रीले निर्वाचनमा जानुपर्ने अवस्थाको सिर्जना कसरी भयो भन्ने प्रसंग समेत सम्बोधनमा प्रष्ट पारेका छन् । सरकारले चालेका हरेक पाइलामा व्यवधान, घेराबन्दी र विरोध मात्रै सामना गर्नुपरेको भन्दै प्रधानमन्त्रीले सत्ता आकांक्षी समूहका लागि मात्रै मुलुकको लोकतान्त्रिक प्रणालीलाई दुरुपयोग गर्ने यस प्रवृतिको छिनोफानो अब जनताले गर्ने बताउनुभयो ।
यस्तो छ पूर्णपाठ :





प्रतिक्रिया