थप ६ हजार ८० जना सङ्क्रमित निको, ४ हजार ४ सय ८७ जनामा सङ्क्रमण पुष्टि

दार्चुला । पछिल्लो २४ घण्टामा ६ हजार ८० जना कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै देशभर कोरोना निको हुनेको संख्या ४ लाख ३४ हजार ७ सय ५० पुगेको छ ।

गएको २४ घण्टामा १४ हजार ७ सय ५२ जनाको नमुना परीक्षण गर्दा ४ हजार ४ सय ८७ जनामा सङक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । थपिएका सहित कोरोना सङ्क्रमितको संख्या ५ लाख ५३ हजार ४ सय २२ पुगेको छ ।

मन्त्रालयका अनुसार थप १ सय १६ जनाको सङ्क्रमणबाट ज्यान गएको छ । अहिलेसम्म कोरोना सङ्क्रमणबाट ७ हजार १ सय ६३ जनाले ज्यान गुमाएका छन् ।

अहिले देशभर १ लाख १५ हजार ५ सय ९ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?