एमाले स्थायी कमिटी बैठक आजपनि स्थगित, भोलि ११ बजे बस्ने

दार्चुला । सोमबार बिहान ११ बजे बस्ने भनिएको एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ ।

जेठ १६ गते साँझ ५ बजे बस्ने भनिएको बैठक जेठ १७ गते बिहान ११ बजे बस्ने भनिएको थियो, यो बैठक पनि स्थगित भएको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

आज बस्ने भनिएको स्थायी कमिटी बैठक पुनः भोली जेठ १८ गते बिहान ११ बजे सरेको उहाँले जानकारी दिनुभयो ।

यसैबिच प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र जनता समाजवादी पार्टीबीच बालुवाटारमा छलफल भएको छ ।

अहिलेको अवस्थामा सरकारमा जाने वातावरण भएकोले यसै सन्दर्भमा बालुवाटारमा छलफल भइरहेको जसपा नेता डा. सुरेन्द्र कुमार झाले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?