महन्थ ठाकुर र राजेन्द्र महतोसहित चार नेता जसपाबाट निष्कासित

दार्चुला ।  जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चार जना नेतालाई पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको छ । यादवको अध्यक्षतामा बसेको पार्टीको कार्यकारिणी समितिको बैठकले ठाकुरसहित नेताहरू राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गर्ने निर्णय गरेको हो ।

यसअघि दुवै पक्षले एक अर्कालाई स्पष्टीकरण सोधेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीलाई समर्थन गर्नेरनगर्नेबारे जसपाभित्र पहिलेदेखि नै विवाद बढ्दै आएको थियो ।

पछिल्लो पटक प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको निर्णयलाई ठाकुर पक्षले समर्थन गरेको छ भने यादव पक्ष कांग्रेस–माओवादीको विपक्षी गठबन्धनमा छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?