सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आजबाट सुरु हुँदै

दार्चुला । आजदेखि सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन हुँदैछ। मन्त्रपरिषद् बैठकको सिफारिसमा प्रदेश प्रमुख गंगाप्रसाद यादवले आजदेखि आठौँ तथा बजेट अधिवेशन आह्वान गर्नुभएको हो ।

बजेट अधिवेशनको पहिलो बैठक दिउँसो ३ बजेका लागि तय गरिएको प्रदेशसभा सचिवालयका सचिव रामसिंह धामीले बताउनुभयो। बैठक सञ्चालनका लागि आवश्यक सबै तयारी पूरा भएको उहाँको भनाइ छ।

बैठकको एजेण्डाबारे छलफल गर्न बिहीबार कार्य व्यवस्था परामर्श समितिको बैठक बसेको भए पनि विनानिष्कर्ष सकिएको थियो।

आज बजेट अधिवेशनको पहिलो बैठक भएकाले शुभकामना आदानप्रदान हुने उहाँले बताउनुभयो।

बैठकका एजेण्डाबारे अहिलेसम्म जानकारी नभएको भन्दै उनले शुक्रबार पुनः बैठक बसेर एजेण्डा तय गरिने छ। प्रदेश सरकारले बजेट ल्याउनुभन्दा १५ दिन अगावै अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम ल्याउनुपर्ने प्रावधान भए पनि यसवर्ष राजनीतिक किचलोका कारण ढिलो गरी बजेट अधिवेशन आहृवान भएकाले ढिलाइ भएको छ।

तर, सरकारले अध्यादेशमार्फत आर्थिक कार्यविधि ऐन संशोधन गर्दै बजेट ल्याउनुभन्दा ७ दिन अगाडि नीति कार्यक्रम ल्याउनुपर्ने व्यवस्था गरेको छ। असार १ गते अगामी आर्थिक वर्षको बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?