कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजारभन्दा तल झर्‍यो

दार्चुला । नेपालमा (कोभिड–१९) कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या ९० हजारभन्दा तल झरेको छ ।

पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ३६ जना निको भएसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ हजार दुई सय १७ मा झरेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टामा तीन हजार चार सय ७९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । १० हजार चार सय ७१ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार २४ जना र तीन हजार दुई सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा चार सय ५५ गरी तीन हजार चार सय ७९ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा परीक्षण गरिएका नमुनामध्ये २८ दशमलव ९ प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा प्राप्त विवरणअनुसार थप ९९ जनाको कोरोना सङ्क्रमणबाट ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या सात हजार आठ सय ९८ पुगेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?