जनमोर्चाका नेता थापालाई प्रदेश सभा सदस्यमा पुनर्वहाली गर्न सर्वोच्चको आदेश

दार्चुला । राष्ट्रिय जनमोर्चाका नेता कृष्ण थापालाई प्रदेश सभा सदस्य पदमा पुनर्बहाली गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । पार्टीको निर्देशन नमानेको भन्दै जनमोर्चाले थापालाई पार्टी सदस्यता र गण्डकी प्रदेश सभा सदस्य पदबाटै हटाएको थियो ।

पार्टीको निर्णयको विरुद्धमा थापा सर्वोच्च जानुभएको थियो । आज न्यायाधीश कुमाल चुडालको इजलासले थापालाई पार्टीले राजनीतिक दलसम्बन्धी कानुन र व्यावहारिक कारणले पदबाट हटाउन नसक्ने भएकाले पुनर्बहाली गर्न आदेश दिएको हो ।

गण्डकी प्रदेशमा पार्टीको निर्णयलाई अटेर गरेर नयाँ सरकार बनाउन साथ नदिएको भन्दै थापालाई जनमोर्चाले प्रदेश सभा सदस्यबाट हटाएको थियो । जनमोर्चाका कृष्ण थापाले साथ नदिँदा गण्डकीमा एमाले र माओवादीले एमालेको तर्फबाट मुख्यमन्त्री बन्नुभएका पृथ्वीसुब्बा गुरुङलाई हटाएर कांग्रेस नेतृत्वमा सरकार बन्न सकेको थिएन ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?