उपप्रधानमन्त्री महतोको अभिव्यक्तिप्रति माधवपक्षीय १५ नेताद्वारा आपत्ति

दार्चुला । नेपाललाई बहुराष्ट्रिय राज्य बनाउनुपर्ने उपप्रधानमन्त्री राजेन्द्र महतोको अभिब्यक्तिप्रति एमालेको माधव नेपाल पक्षका १५ जना नेताले आपत्ति जनाएका छन् ।

शनिबार विज्ञप्ति जारी गर्दै उनीहरुले महतोको अभिव्यक्तिबारे प्रष्ट पार्न प्रधानमन्त्री केपी शर्मा ओलसँग माग पनि गरेका छन् ।

महतोको अभिव्यक्ति संविधान विरोधी भएको र कुनैपनि देशभक्त नेपालीलाई स्वीकार्य हुन नसक्ने समेत उक्त विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विज्ञप्तिमा अगाडि भनिएको छ, ‘विगतमा टुंगो लागिसकेको तथा संविधान सभा र नेपाली जनताबाट अस्वीकृत नेपाललाई बहुराष्ट्रिय राज्य बनाउने भन्ने कुरालाई पुनः दोहोर्‍याइ यसका लागि कथित मुक्तिसंग्रामको कुरा गर्नु राष्ट्रिय हित र अखण्डताको विरोधमा छ ।’

महतोको उक्त अभिव्यक्ति संविधानको धारा ३ मा उल्लेखित व्यवस्थाको विरुद्ध भएको समेत ती नेताहरुको आरोप छ ।

उक्त विज्ञप्ति जारी गर्नेहरुमा झलनाथ खनाल, माधवकुमार नेपाल, युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, भीम रावल, घनश्याम भुसाल, भीम आचार्य, गोकर्ण विष्ट, योगेश भट्टराई, सुरेन्द्र पाण्डे, मुकुन्द न्यौपाने, रघुजी पन्त, वेदुराम भुसाल, अमृतकुमार बोहरा र प्रमेश हमाल छन् ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?