दार्चुला । सुदूरपश्चिममा पछिल्लो समय महिला हिंसा तथा बलात्कारका घटनामा बृद्धि हुँदै गएको छ । यसैक्रममा अछाममा बालिकामाथि बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। जिल्लाको पन्चदेवल विनायक नगरपालिकाका २ युवक पक्राउ परेका हुन्।
जिल्ला प्रहरी कार्यालय अछामका अनुसार पन्चदेवल विनायक नगरपालिका ६ का अन्दाजी २४ वर्षीय जनक बटाला र सोही ठाउँका २५ वर्षीय महेन्द्र रावललाई बलात्कार आरोपमा पक्राउ गरिएको हो। भदौ ५ गते विनायक बजारबाट घर पुगाइदिने भन्दै मोटरसाइकलमा लगेर दुवै युवकले बलात्कार गरेको बालिकाको आरोप छ। बालिकाको जाहेरीपछि दुवैजनालाई पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।





प्रतिक्रिया