शैल्यशिखरमा चरम भ्रष्टाचार, जेल जाने डरले उपसचिवले बस्न मानेन, गम्भीर खुलासा र आरोप (भिडियो)

दार्चुला । दार्चुलाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य एबं नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सहइन्चार्ज गणेशसिंह ठगुन्नाले शैल्यशिखर नगरपालिकामा चरम भ्रष्टाचार र अनियमितता भइरहेको बताउनुभएको छ । प्रतेक बर्ष ५० देखि ६० करोड बजेट यो शैल्यशिखर नगरपालिकामा आउछ, नेकपा एमालेको शैल्यशिखर नगरपालिकाको अधिवेसनलाई सम्बोधन गर्दै  सासंद ठगुन्नाले भन्नुभयो, पाँच बर्षमा तीन अर्ब बजेट यहाँ आएको छ, अब शैल्यशिखरबासीले हिसाब माग्नुपर्ने बेला आएको छ, जनताको नाममा आएको तीन अर्ब बजेट कहाँ गयो ? क–कसले बाडेर खायो ? शैल्यशिखरको विकास कति भयो ? नगरले के बिकास गर्यो ? जनताको उत्थान कहाँ गर्यो ? केहि भरौटेहरुलाई रोजगारी दिएर, व्याक्तिगत योजना दिएर आफ्नो घर जाने बाटो आफ्नो कुलो बनाएर कांग्रेशमा टिका लाएर शैल्यशिखरवासीको कुनैपनि विकास हुनेवाला छैन् । त्यसकारण अबको दिनमा हरेक कार्यक्रताले प्रश्न सोध्नुपर्छ हाम्रो नाममा आएको तीन अब बजेट नगरपालिकाले कहाँकहाँ बिनियोजन गर्यो त्यसको खातापाता हामीले सार्वजनिक गर्नुपर्छ ।

नेता ठगुन्नाले भन्नुभयो, यहाँ बिना कार्यक्रम, बिना भरपाइ, बिना इष्टमेट, कतिपय चेक काटेर बोरामा लुकाएका छन भन्ने पनि हामीले सुनेका छौँ । यो साचोँ कुरा हो । हामीले एकचोटी यहाँ एकजना उपसचिवलाई प्रमुख प्रशासकिय अधिकृत (कार्यकारी) को रुपमा पठायौँ, उहाँ आउनुभयो, यहाँ केही दिन बस्नुभयो पछि उहाँले मलाई भन्नुभयो, माननिय जि मन्त्री जि म यहाँ बस्न सक्दिन । किन बस्न सक्नुहुन्न भनेर सोध्दा उहाँले भन्नुभो, यहाँ त कुनै हिसाबकिता, श्रेस्ता, इष्टमेट, मूल्याङकन छैन, खाली चेक काटेर भुक्तानी दिदा तीस बर्ष जागिर गरिसके हत्कडी लाग्छ, अहिले नलागेपनि दुई चार बर्षमा लाग्ला म त यहाँ बस्दिन मलाइ झिकिदिनुस भन्नुभयो । उहाँ बस्नै मान्नुभयो । त्यस्तो अनियमितता भएको नगरपालिकालाई अब नेकपा एमालेले ठेगानमा पुर्याउनुपर्ने ठगुन्नाको भनाई छ ।

तपाइलाई के भन्न चाहान्छु भने पदाधिकारीलाई त हामी ठेगान लगाउछौँ लगाउछौँ । गरिबका छोराहरु कोही तपाइ कर्मचारी हुनुहुन्छ भने तपाइ सहि ढंगले काम गर्नुहोस । नेकपा एमाले कसैको रोजगारीमा लात हान्नेवाला छैन तर तपाइले बढ्ता गल्ती गर्नुभयो भने एमालेका बिरुद्धमा काम गर्नुभयो भने एमालेको सरकार आउने बित्तिकै बर्खास्त गर्छौ ।

आज शैल्यशिखर नगरपालिकाको समग्र विकासको लागि नेकपा एमाले हामी तयार छौँ । २०४६ सालमा शुरु भएको यो एयरपोर्ट (गोकुलेश्वर विमानस्थल) २०५० सालमा कांग्रेशकै पालामा बन्द भयो । मैले मन्त्री हुँदा गत बर्ष विमानस्थलको ठेक्कापट्टा गरिसकेका छौँ, मलाई विश्वास छ, छोटै अवधिमा हामी यो निर्माणकार्य सम्पन्न गरेर प्लेनबाट धनगढी काठमाण्डौँ जान सक्नेछौँ । त्यो काम नेकपा एमालेले गर्नेछ, हामी गर्नेछौँ । शैल्यशिखरमा सडक निर्माणका लागि एमाले सरकारले करोडौँ बजेट विनियोजन गरेको छ । बोहोरीगाउँ बन्तोली पनेबाँज सडक स्वीकृति भएर कालोपत्रे गर्न काम भइरहेको छ । अहिले हामीले रानिशिखर आगर जोड्ने सडकलाई शहरी विकासबाट स्वीकृति गराएर काम भइरहेको छ । बलाँच तिरको सडक पनि सहरीविकास मार्फत शुरुवात गरेका छौँ । थुप्रै कामहरु भएका छन् ।

केन्द्र सरकारबाट शैल्यशिखर नगरपालिकामा ५० शैय्याको अस्पताल स्वीकृत गराएर हामीले पठाएका थियौँ । यो नगरपालिकाले जग्गा बिबाद गरेर तपाइको त्यो अधिकार खोसिएको छ । शैल्यशिखरले किन जग्गा उपलब्ध गराउन सकेन त्यसको जवाफ माग्नुपर्छ । त्यसकारणले यिनिहरुले सोचेका होलान, डर धम्की, प्रलोभन र लोभलालच देखाएर हामीले चुनाब जित्छौँ, यो नगरपालिकाको ५०–६० करोड जम्मा गरेका छौँ, त्यहि बजेटबाट चुनाब जितौँला भनेर तर शैल्यशिखरबासीले चुनावको समयमा यिनिहरुलाई समात्दै यिनिहरुका खल्तीबाट पैसा थुत्दै यिनिहरुलाई खोरमा राख्दै अगाडी बढ्नुपर्छ । यो ठेगान लगाउन नेकपा एमाले अगाडी बढ्नसपर्छ । हामी अगाडी बढ्नुपर्छ ।

सासंद ठगुन्नाले गोकुलेश्वर विमानस्थल लगायत विभिन्न योजना र विभिन्न उद्योगहरुको उदाहरण दिदै नेपाली कांग्रेश कुनैपनि काम गर्ने पार्टी होइन यो त भएका कामहरु बन्द गर्ने पार्टी हो भनेर तर्क गर्नुभयो । निजिकरणको नाममा आफ्ना कार्यकर्ताहरुलाई हजारौँ बिघा जमिन नाममा हाल्न लगाएर पोसिएको पार्टी नेपाली कांग्रेश हो, उहाँले भन्नुभयो, त्यसकारण नेपाली कांग्रेशसंग समाजवादको स पनि छैन, विकासको ब पनि छैन र जनताको समृद्धिको स पनि छैन । त्यसैले नेपाली कांग्रेशको पक्षमा कुनैपनि श्रमजीवि सर्वहारा जनताले लाग्नुपर्ने कुनै आवश्यकता छैन । निर्वाचन आयोगले चैत ५ गतेभित्र स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरिसकेको छ, चुनावपछि जनताको पक्षमा काम गर्न एमाले सत्तामा आउनेछ ।

अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्रको आधारले जनतालाई सेवा र सुविधा दिने प्रमुख निकाय भनेको स्थानीय सरकार हो । उहाँले भन्नुभयो, यो संबिधान निर्माण गर्ने संबिधानसभाको सदस्यको नाताले मैले तपाईहरुको बिचमा के कुरा राख्नुपर्छ भने जनताले हरेक कामका लागि केन्द्र धाउनुपर्ने भयो भनेर हामीले स्थानीय सरकारलाई बलियो बनाउनुपर्छ भनेर संबैधानिक व्यवस्था नै गरेका छौँ, नेपालमा स्थानीय सरकार अत्यन्तै सुदृढ, सबल र अधिकारसम्पन्न छन् । एसियाकै तुलना गर्नेहो भने यति धेरै अधिकारसम्पन्न स्थानीय तह कुनै देशमा छैनन् । त्यसकारणले हामीले जनताको बिचमा सेवा पुर्याउनका लागि, आएको बजेटको सदुपयोग गर्नका लागि असल मान्छेहरु निर्वाचित गर्नु जरुरी छ । समाजवाद र साम्यबादको यात्रा नेकपा एमालेले मात्रै अगाडी बढाउन सक्ने उहाँले बताउनुभयो ।

सासंद ठगुन्नाको पुरै मन्तब्य हेर्नका लागि यहाँ क्लिक गर्नुहोस

https://fb.watch/932oBMuFbs/

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?