उतराखण्डको चमोलीमा ट्रान्सफर्मर पड्किएर करेन्ट लाग्दा १६ जनाको मृत्यु

दार्चुला । भारतको उत्तराखण्डमा चमोली शहरमा करेन्ट लागेर १६ जनाको मृत्यु भएको छ ।

सो शहरमा रहेको नमामि गंगे आयोजना अन्तर्गत निर्माणाधीन आयोजनाको अलकनंदा नदी किनारमा ट्रान्सफर्मर पड्किएर करेन्ट चुहावट हुँदा १६ जनाको मृत्यु भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार करेन्ट लागेर घाइते भएका २० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार विद्युत् प्रवाह बढेका कारण सर्ट सर्किट भइ घटना भएको जनाइएको छ ।

घाइतेहरुको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?