केवलकारभित्र ६ जना बालबालिकासहित आठ जना फसेपछि….

दार्चुला । पाकिस्तानमा मंगलबार स्कुल जान लागेका ६ बालबालिकासहित ८ जना केवलकारमा अड्किएका छन्।

समाचार पत्र द डनका अनुसार पाकिस्तानको खैबर पख्तनख्वा प्रान्तको बत्ताग्राममा मंगलबार बिहान स्कुल जान लागेका उनीहरू केवलकार बिग्रिएपछि बीचमै फसेका हुन्।

उक्त पहाडी क्षेत्रमा गाउँदेखि स्कुलसम्म पुग्न नदीमा पुल र बाटो छैन। विद्यार्थीहरू स्कुल जान केवलकारको प्रयोग गर्ने गर्छन्।

बिहान ८ बजेतिर विद्यालय जाँदा फसेका उनीहरूको दिउँसोसम्म उद्धार हुन सकेको छैन।

हेलिकप्टरबाट मात्र उनीहरूको उद्धार सम्भव देखिएको छ। अहिले पाकिस्तानी सेनाको दोस्रो हेलिकप्टर केवलकार अड्किएको ठाउँमा पुगेको बताइएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?