जी–२० शिखर सम्मेलनमा बाँदरले दुःख दिने अनुमान गरेर भारतमा बाँदर नियन्त्रण शुरु

दार्चुला । आउँदो महिना हुने जी–२० को शिखर सम्मेलनमा बाँदरले दुःख दिने अनुमान गर्दै भारतको राजधानी नयाँ दिल्ली प्रशासनले सतर्कता अपनाएको छ । अधिकारीहरूले बाँदर नियन्त्रणका लागि विभिन्न उपायको खोजी गरिरहेका बीबीसीले जनाएको छ ।

भारतको नयाँ दिल्लीमा हजारौँको सङ्ख्यामा ढेँडु जातको बाँदर रहेका छन् । यी बाँदरले बेला बेला मानिसलाई आक्रमण गर्ने तथा विभिन्न समारोहमा प्रवेश गरेर बिथोल्ने गरेका छन् ।

जी–२० शिखर सम्मेलनको क्रममा बाँदलले दुःख नदिऊन् भनेर अधिकारीहरूले विभिन्न जनावरको स्वर निकाल्ने ४० जना मानिसलाई ठाउँ–ठाउँमा खटाउने तयारी गरेका छन् । यस्तै बाँदरलाई खानेकुरा खोज्न भौतारित नपरोस् भनेर ठाउँ–ठाउँमा पर्याप्त खाना राखिदिने तयारीसमेत रहेको खबरमा उल्लेख छ ।

आउँदो सेप्टेम्बरको ९ र १० तारिखमा नयाँ दिल्लीमा जी–२० हुँदैछ । यो सम्मेलनमा अमेरिका, बेलायत, दक्षिण अफ्रिका, अस्ट्रेलिया, क्यानडालगायतका देशका प्रमुख आउने सम्भावना छ । एजेन्सी

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?