बेनिनमा इन्धन डिपो आगलागी हुँदा ३५ जनाको मृत्यु

दार्चुला । अफ्रिकी मुलुक नाइजेरियाको सीमाना नजिक रहेको बेनिन शहरको एउटा इन्धन डिपोमा विस्फोट हुदाँ ३५ जनाको मृत्यु भएको छ ।

तस्करी गरी ल्याएको इन्धन थुपारिएको अबैध इन्धन डिपोमा आगलागीसँगै भएको विस्फोटबाट एक बालकसहित ३५ जनाको मृत्यु भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् ।

स्थानीय सरकारले घटना दुर्भाग्यपूर्ण रहेको भन्दै उक्त मृत्युको पुष्टि गरेको हो । अधिकारीहरुका अनुसार विस्फोटमा अरु २० जना घाइते भएका छन् । विभिन्न अस्पताल भर्ना गरिएका घाइतेहरुमध्ये अधिकांशको अवस्था गम्भीर रहेका कारण मृतकको संख्या बढ्न सक्ने आशंका गरिएको छ ।

घटना बारे अनुसन्धार भैरहेको अधिकारीहरुको भनाई छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?