जर्मनीमा एक्कासी १ हजार जना मान्छे कुकुर बनेर भुक्न थालेपछि…

दार्चुला । जर्मनीको राजधानी बर्लिनमा पोट्सडेमर प्लाट्ज रेलवे स्टेशनमा १ हजार मानिसहरू अचानक कुकुरमा परिणत भए । ती मानिसहरू भुक्दै कुरा गरिरहेका थिए ।

जब बाँकी मानिसहरूले अचानक यो सबै देखे तिनीहरू एकदमै स्तब्ध भए। अझ अचम्मको कुरा के थियो भने, ती सबै मानिसहरू एक अर्कासँग भुक्दै कुरा गरिरहेका थिए। यी सबै मानिसहरूले आफ्नो अनुहारमा कुकुरको मास्क लगाएका थिए।

यी सबै मानिसहरू कसरी अचानक कुकुर भएरु डेली मेलको समाचारका अनुसार यी तथाकथित ट्रान्स(स्पीसीज मानिसहरूले आफूलाई मानिसजस्तो नभई कुकुरजस्तै महसुस गर्ने दाबी गर्छन्। साथै यी मानिसहरू यस्तो महसुस गर्ने मानिसहरूको अधिकारको लागि भेला भएका हुन्।

यी सबै मानिसहरु जापानका टोकोजस्तै देखिन्छन् जसले केही समयअघि आफ्नो कुकुर बन्ने इच्छा पूरा गर्न १४ हजार डलर खर्च गरेका थिए । आज पनि उनी कुकुर बन्ने सपना बाँचिरहेका छन् । उनले भर्खरै आफू समान विचारधारा भएका व्यक्तिहरूलाई भेट्न चाहन्छु भनेका थिए।

जर्मनीको यो अनौठो घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भयो । मानिसहरुले भिडियोमा धेरै कमेन्ट गरेका छन् र आश्चर्य व्यक्त गरेका छन् । एकजनाले कमेन्ट गरे– यिनीहरू कुकुर हुन् भने मास्क लगाउने किन जरुरी छ । केही मानिसहरूले यसलाई बेवकूफ र ध्यान आकर्षित गर्ने एउटा वाहियात तरिका भनेका छन्। डिसी नेपाल

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?