दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार

दार्चुला । स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको छ। यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालमा कार्यरत सिनियर अनमी बबिता विष्टलाई यस वर्षको उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार प्रदान गरिएको छ ।

अनमी विष्टले एक लाख रुपैयाँ पाइन् भने अन्यले जनही ५० हजार रुपैयाँ पाएका छन्। बबिता सिनियर अनमी छैटौँ तहमा कार्यरत छन् ।

यस्तै स्वास्थ्य सेवा पुरस्कार कालिकोटका सिअहेव दीर्घ वहादुर नेपाली, किरण कुमारी (सिअनमी, बारा), डा केशर वहादुर ढकाल (सुर्खेत अस्पताल) र सुश्मा थपलिया (फार्मेसी निरिक्षक)ले पाएका छन्।

हरेक वर्ष स्वास्थ्य मन्त्रालयले एक जना स्वास्थ्यकर्मीलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार र चार जनालाई स्वास्थ्य सेवा पुरस्कार प्रदान गर्दै आइरहेको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?