पहाडमा होली पर्व सम्पन्न, तराईमा आज हर्षोल्लासपूर्वक मनाईंदै

दार्चुला । पहाडी जिल्लाहरुमा रंग र खुसीको पर्व होली सम्पन्न भएको छ । तराईका जिल्लामा आज हर्षोल्लासपूर्वक होली पर्व मनाईंदैछ । तराईका बासिन्दाको बसोबास रहेका काठमाण्डौ उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ । होलीमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ ।

होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ । प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले हिजोदेखि भोलिसम्मका लागि देशभर झण्डै ३० हजार प्रहरी जनशक्ति होलीकै सुरक्षाको लागि परिचालन गरिएको जानकारी दिनुभयो ।

सादा पोसाक, मोबाइल गस्ती, सवारी, पैदल गस्तीसहित देशभर प्रहरी परिचालन भएका छन्, । विशेष गरी नेपाल–भारतको सीमा क्षेत्रको सुरक्षामा विशेष कडाइ गरिएको छ । होली पर्व सौहाद्र्धपूर्ण रहोस् भन्ने उद्देश्यसहित विशेष सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रहरीले ढुक्कसँग मर्यादित भएर होली मनाउन पनि सबैमा आग्रह गरेको छ । होलीमा अनुमति विपरीत कसैलाई पनि रङ दल्न, लोला हान्न, अनावश्यक हो–हल्ला गर्न, झै–झगडा गर्नेलगायतका उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याउँदै तत्काल कारबाही गरिने प्रवक्ता ढकालले बताउनुभयो ।

काठमाण्डौ उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा भने हिजो होली पर्व मनाइएको छ ।

सायद १० जना मानिसहरू, क्लारिनेट  र भायोलिन को फोटो हुनसक्छ

सायद ३ जना मानिसहरू, अस्पताल, भिड  र पाठ को फोटो हुनसक्छ

सायद १४ जना मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद ११ जना मानिसहरू, मुस्कुराइरहेका मानिसहरू  र पाठ को फोटो हुनसक्छ

सायद 1 व्यक्ति  र 'रंग अनी खुशीको होली को पर्व सबैलाई शुभकामना अध्यक्ष: लोकदर्पण मिडिया, शिखर प्रेस, प्रेस चौतारी नेपाल दार्चुला SP ShikharPress अघ्यक्षा स्टेखन लोकेन्द्र प्रसाद जोशी लोकदर्पण मिडिया परिवार PRESS' भन्ने पाठ को फोटो हुनसक्छ

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?