दार्चुलाको दुहुँ गाउँपालिकालाई भारतीय राजदुतावासद्धारा एम्बुलेन्स हस्तान्तरण

दार्चुला । भारतीय राजदुतावासमार्फत दार्चुलाको दुहुँ गाउँपालिकाले एम्बुलेन्स उपहार पाएको छ। दुहुँ गाउँपालिकालाई पेन्सन कार्यालय प्रमुख लेफ्टिनेन्ट कर्णेल प्रशान्त सिंह बगेलले एम्बुलेन्स उपहार स्वरुप हस्तान्त्रण गरेका हुन् ।

दुहुँ गाउँपालिकाका अध्यक्ष नरेन्द्रबहादुर सिंह बडालको पहलमा नेपाल-भारत विकास साझेदारी कार्यक्रम अन्तरगत भारतीय राजदुतावास, काठमाडौंले दुहुँ गाउँपालिकालाई एक थान एम्बुलेन्स सहयोग स्वरूप प्रदान गरेको गाउँपालिकाले जनाएको छ। दुहुँ गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष गोबिन्दसिंह डडालले एम्बुलेन्स बुझ्नुभएको छ । भारतीय राजदुतावास काठमाडौंलाई दुहुँ गाउँपालिकाले धन्यवाद समेत ज्ञापन गरेको छ ।

आपसी मित्रताको प्रतीकका रुपमा भारतले हरेक वर्ष विभिन्न स्थानीय तह, सामाजिक र स्वास्थ्य संस्थालाई एम्बुलेन्स उपहार स्वरुप सहयोग गर्ने गरेको छ । हस्तान्त्रण कार्यक्रममा भारतीय दुतावासका प्रतिनिधीले नेपाल र भारत बीचको सम्बन्ध छिमेक मात्र नभई पारिवारिक पनि भएकोले आपसी सहयोग र सहकार्य हुने गरेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?