दार्चुलामा चालु आर्थिक वर्षको हालसम्म ३३ जनामा डेंगी संक्रमण

दार्चुला । दार्चुलामा चालु आर्थिक वर्षको हालसम्म ३३ जनामा डेंगी रोगको सङ्क्रमण देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१/०८२ को हाल सम्ममा १९ जना महिला र १४ जना पुरुष गरी ३३ जनामा डेंगी रोगको सङ्क्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय दार्चुलाका प्रमुख बिरेन्द्र भट्टले जानकारी दिनुभयो ।

वर्खायाम सुरु भएसगै दार्चुलामा पुनः डेंगीको सक्रमण बढने जोखम कायमै रहेको छ । डेंगी रोग नियन्त्रणका लागि स्थानीय तहहरु सङ्ग छुट्टै बजेट हुने तथा पालिकाहरुले समुदायस्तरमा जनचेतना मुलक कार्यक्रमहरु गर्ने गरेको प्रमुख भट्टले बताउनुभयो ।

स्वास्थ्य कार्यालय दार्चुलाले डेंगी परीक्षणका लागि आवश्यक किट स्थानीय तहलाई उपलब्ध गराउदै आएको छ । कार्यालयले जिल्लाका नौँ वटै स्थानीय तहमा आवश्यकताका अनुसार परीक्षण किट उपलब्ध गराउदै आएको उहाँले बताउनुभयो । डेंगीको सक्रमणबाट बच्न आवश्यक सर्तकता अपनाउन तथा पानी जम्ने खाल्डाखुल्डी पुर्न, लार्भा खोज र नष्ट अभियान सञ्चालन गर्न उहाँले जिल्लाबासीमा अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?