दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ४ मा हालै निर्माण सम्पन्न २ कोठे बर्थिङ सेन्टर खरकडा स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको छ ।
बुधवार (हिजो) एक कार्यक्रमका बिच बर्थिङ सेन्टर स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको खरकडा स्वास्थ्य चौकीका प्रमुख हर्क बहादुर पालले जानकारी दिनुभयो । बर्थिङ सेन्टर निर्माण समिति अध्यक्ष नन्दराज ओझाले वडा कार्यालयलाई र वडाले स्वास्थ्य चौकीलाई भवन हस्तान्तरण गरेको प्रमुख पालले बताउनुभयो ।
वडा नम्बर ४ का वडा अध्यक्ष महेन्द्र राज जोशीको अध्यक्षता एंव गाउँपालिका अध्यक्ष रामदत्त जोशीको प्रमुख आतिथ्यतामा भवन हस्तान्तरण कार्यक्रम सम्पन्न भएको उहाँले बताउनुभयो । प्रदेश सरकार र स्थानीय सरकारको कुल २१ लाख ५६ हजार बजेटमा बर्थिङ सेन्टर निर्माण गरिएको हो ।
त्यस्तै सोही कार्यक्रममा बर्थिङ सेन्टर निर्माणको लागि जग्गा दान गर्ने २ जना लालसिंह ठगुन्ना र सुन्दरी ठगुन्नालाई सम्मान समेत गरिएको छ ।





प्रतिक्रिया