लेकम गाउँपालिकामा विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम हस्तान्तरण

दार्चुला । दार्चुलाको लेकम गाउँपालिकामा विद्यालय दिवा खाजा कार्यक्रम अन्तरगत विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम हस्तान्तरण गरिएको छ ।

दातृ निकायले सहयोग कटौती गरेपछि विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम असार ३० गते (आज) गाउँपालिकालाई हस्तान्तरण गरिएको आइडीएस नेपाल लेकमका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्राविधिक सहयोगी दिनेश सिंह धामीले जानकारी दिनुभयो ।

लेकम गाउँपालिका उपाध्यक्ष माधवी जोशीको अध्यक्षतामा आयोजित हस्तान्तरण कार्यक्रममा गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अम्बादत्त जोशी, वडा नम्बर २ र ४ का वडा अध्यक्षहरु, शिक्षा शाखा प्रमुख कृषि रोजगार लगायत शाखागत प्रमुख एंव कर्मचारीहरु, लगायत सरोकारवालाहरुको आतिथ्यता एंव उपस्थिति रहेको थियो । कार्यक्रममा आइडीएस नेपाल लेकमका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रमका प्राविधिक सहयोगी दिनेश सिंह धामी र नौगाड गाउँपालिकाका दान सिंह धामीले विद्यालय दिवा खाजा कार्यक्रमको विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम अन्तरगत भए–गरेका कामहरुको समिक्षा गर्दै कार्यक्रम हस्तान्तरण गरिएको छ ।

त्यस्तै लेकम गाउँपालिकाले आइडीएस नेपाल लेकमका विद्यालय स्वास्थ्य तथा पोषण कार्यक्रम प्राविधिक सहयोगी दिनेश सिंह धामीलाई मायाको चिनो र दोसल्लासहित विदाई गरेको बताइएको छ । दातृ निकायले (अमेरिकाले) सहयोग कटौती गरेसंगै दार्चुलाको शैल्यशिखर नगरपालिका, मार्मा गाउँपालिका दुहुँ गाउँपालिका र मालिकार्जुन गाउँपालिकामा कार्यक्रम हस्तान्तरण गरिएको छ । त्यस्तै भोली महाकाली नगरपालिकामा कार्यक्रम हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?