दार्चुला । भारतको उत्तराखण्ड प्रदेशमा हुने स्थानीय निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै भारतसंग जोडिएका दार्चुलाका सीमा नाका बन्द भएका छन् । आज बेलुकी ७ बजेबाट ८ गते निर्वाचन प्रक्रिया सम्पन्न नभए सम्मको लागि भारतसंग जोडिएका दार्चुलाका सम्पूर्ण सीमानाका बन्द भएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी मोहन सिंह धामीले बताउनुभयो ।
भारतको उत्तराखण्ड प्रदेशमा आगामी साउन ८ र १२ गते दुई चरणमा पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको निर्वाचन हुँदै छ। सोही निर्वाचनको सुरक्षालाई मध्यनजर गर्दै दुबै देशका स्थानीय प्रशासनको समन्वयमा दार्चुलाका सीमा नाकाहरु ७२ घन्टाको लागि बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताउनुभयो । १२ गतेको निर्वाचनको लागि बैतडीका सीमा नाका बन्द हुनेछन् ।
भारतको उत्तराखण्डमा जुलाई २४ मा ग्राम पञ्चायत, क्षेत्र पञ्चायत र जिल्ला पञ्चायतको लागी मतदान हुने पिथौरागढ जिल्लाका डिएम विनोद गोस्वामीले बताउनुभएको छ । चुनावको मिति नजिकिएसंगै सीमा क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।





प्रतिक्रिया